धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु



Download our app to get more features

काठमाडौं, ५ असोज । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीको बिष्णुपुरका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीका अनुसार बिष्णुपुर गाउँपालिका १ पर्साही टोलका ५५ वर्षीय पुरुषको  क्रममा मृत्यु भएको हो ।

ज्वरोसँगै श्वासप्रश्वासमा समेत समस्या देखिएपछि ती पुरुषलाई एक साताअघि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रतिष्ठानमै उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।

यद्यपि उनको रिपोर्ट पोजेटिभ कहिले आएको हो  बुझ्ने काम भइरहेको उनले बताए ।

योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts