चितवनमा ७ महिने शिशु र २ वडाध्यक्षसहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

चितवन, ६ असोज । भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमवार गरिएको परीक्षणमा चितवनका २२ सहित थप २३ जनामा कोरोना भाइरको संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले बताइन् । २३ जनामध्ये २२ जना चितवनकै र एक जना बाराको जितपुरकी महिला रहेकी छिन् ।

उनका अनुसार चितवनका संक्रमण पुष्टि हुनेमा १२ जना पुरूष र ११ जना महिला रहेका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा १ जना पुरूष र ३ जना महिला सहित ४ जना छन् । खैरहनी नगरपालिकाका ५ महिला र १० पुरूष सहित १५ जना छन् । संक्रमित हुनेमा ७ महिने शिशु पनि रहेको बताइएको छ । 

त्यस्तै संक्रमित हुनेमा खैरहनी नगरपालिकाका १ र २ नम्बर वडाका वडाध्यक्ष समेत छन् । अन्य संक्रमण पुष्टि हुनेमा रत्ननगर नगरपालिकाका ३ जना छन् ।

सोमवार प्रयोगशालामा ३ सय ७२ वटा नमुना परीक्षण गरिएको मध्ये ती २३ जनामा संक्रमण देखिएको हो । बाँकी ३ सय ४९ वटा नमुनाको रिपोर्ट भने नेगेटिभ आएको प्रयोगशालाकी प्रमुख डा. अधिकारीले जानकारी दिईन् ।

प्रयोगशालामा आरटी पिसिआर किटको अभावका कारण आइतवार दिउँसोदेखि कोरोना परीक्षणको काम रोकिएको भएपनि आकस्मिक प्रयोजनका लागि राखिएकाे किटको प्रयोग गरेर सोमबार परीक्षण गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । 
उनले प्रयोगशालामा अन्य कामहरू भने सञ्चालनमा नै रहेको बताए । किट अभावका कारण ल्याबको काम केही दिनदेखि प्रभावित भएको छ । किट खरिदको प्रक्रिया अघि बढी सकेको उनले बताए ।

३ वटा कोरोना परीक्षण प्रयोगशाला रहेको चितवनमा दुई वटा प्रयोगशालामा किट अभाव र प्राविधिक समस्याका कारण परीक्षण रोकिएको छ ।

Last modified on 2020-09-22 08:38:58

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts