कान्ति बाल अस्पतालमा आकस्मिक सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था सुरु



Download our app to get more features

काठमाडौं, ६ असोज । कान्ति बाल अस्पतालले आकस्मिक सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था सुरु गरेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा उल्लेख भएको केन्द्रीय अस्पतालमा प्रारम्भिक चरणको आकस्मिक सेवा निःशुल्क गराउने कार्यविधि अनुसार कान्ति अस्पतालले आकस्मिक सेवा निःशुल्क उपलब्ध गराउन सुरु गरेको हो ।

अस्पतालका निर्देशक डा कृष्ण प्रसाद पौडेलले गरिब, विपन्न, साथमा आफन्त कोही नभएका वा तेस्रो व्यक्तिले अस्पताल पुर्याएको वा अप्ठ्यारोमा परेका बालबालिकाहरुलाई प्रारम्भिक चारणको आकस्मिक सेवा निःशुल्क उपलब्ध गराइने बताए । 

डा पौडेलले यसका लागि अस्पतालको आकिस्मक कक्षमा वा टिकट काउन्टरमा तथा सामाजीक ईकाइमा सम्पर्क गर्नु पर्ने व्यवस्था पनि मिलाइएको जानकारी दिए । उनले भने, ‘सेवा लिनका लागि आफ्नो अवस्थाको बारेमा जानकारी गराउने र कागजातहरु भएमा पेश गर्नुपर्ने हुन्छ । अनिमात्रै सेवा प्रदान गरिन्छ ।’

यस्तै सेवा लिन चाहनेले गरिब परिवार परिचयपत्र बाहक नेपाली नागरिकता, स्थानीय पालिकाको सिफारिस पत्र भएको, उपचार खर्च नभएका सेवाग्राही, बेवारिसे हुनेहरुले यो सेवा लिन सक्ने डा पौडेलको भनाइ छ ।

उनले प्रारम्भिक चरणको आकस्मिक सेवाको अवधि एकदिन वा २४ घन्टाका लागि मात्रै मान्य हुने पनि प्रष्ट पारे ।

Last modified on 2020-09-22 12:10:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts