काठमाडौं आएका अनसनरत डा केसीलाई धरपकड गर्दै ट्रमा लगियो



Download our app to get more features

काठमाडौं, ६ असोज । ९ दिनदेखि अनसनमा बसेका डा गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा भर्ना गरिएको छ ।

जुम्लामा १९ औं अनसन सुरु गरेका डा केसीलाई शनिवार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा भर्ना गरिएको थियो । तर, आफूलाई अपहरणशैलीमा अस्पताल ल्याएको भन्दै उनले उपचार गराएका थिएनन् ।

मंगलवार नेपालगञ्जबाट सवा ११ बजेको प्लेनमा काठमाडौं आएका डा केसीलाई त्रिभुवन विमानस्थलबाटै राष्ट्रिय ट्रमा सेन्टर लगिएको हो । 

केसीका सहयोगी प्रितम सुवेदीले केसीलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगेको हाम्रो डाक्टर न्यूजलाई बताए । उनले भने, ‘विमानबाट ओर्लनासाथ डाक्टरसाबलाई प्रहरी लगाएर ट्रमा सेन्टरको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।’ 

डा केसीले म आफै गाडीबाट झर्छु भन्दा भन्दै प्रहरीले जबरजस्ती धरपकड गरेर उनलाई गाडीबाट तानेको पनि सुवेदीले बताए ।

विभिन्न ६ बुँदे माग राखी डा केसीले गत भदौ २९ गतेबाट अनसन सुरु गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पिसिआर परीक्षणलाई तिव्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने लगायतका माग डा केसीको माग छ ।

Last modified on 2020-09-22 17:33:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts