नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ४८ हजार नाघ्यो, १३ सय ५६ नयाँ संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, ६ असोज । नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ४८ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप ८ सय २३ जना कोरोना संक्रमणपछि निको भएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ८ सय २३ जना कोरोना संक्रमित स्वस्थ भएसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ४८ हजार ६१ पुगेको बताए ।

यस्तै पछिल्लो २४ घन्टामा ११ हजार १ सय ५४ पिसिआर परीक्षण गरिएकोमा थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

यस्तै हाल नेपालमा १८ हजार १ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार ९ हजार १ सय ९३ जना कोरोना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् भने ८ हजार ९ सय ४९ जना होम आइसोलेसनमा रहेका छन् ।

Last modified on 2020-09-22 16:29:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts