नवलपरासीका ४९ र ५० वर्षीय दुईजना कोरोना संक्रमित पुरुषहरुको मृत्यु



Download our app to get more features

रुपन्देही, ८ असोज । नवलवरासीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा यशोधरा नगरपालिकाका ४९ वर्षीय र बुद्धभूमी नगरपालिकाका ५० वर्षीय दुई जना पुरुषहरु रहेका छन् ।

४९ वर्षीय पुरुषमा भदौ २७ गते कोरोना पुष्टि भएको थियो भने ५० वर्षीय पुरुषमा असोज एक गते कोरोना पुष्टि भएको थियो ।

दुबै जनाको उपचारको क्रममा आज बिहान क्रमशः ४ र ७ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्तालले जनाएको छ ।

Last modified on 2020-09-24 07:58:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts