नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५० हजारभन्दा बढी



Download our app to get more features

काठमाडौं, ८ असोज । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ५७ जना कोरोना संक्रमणपछि निको भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको बताए ।

उनले यो संख्या कुल संक्रमितको ७२ दशमलव ७ प्रतिशत रहेको पनि बताए ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको दरमा वृद्धि भएपनि निको हुने दर राम्रो रहेको प्रवक्ता गौतमले बताए ।

Last modified on 2020-09-24 16:24:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts