नेपालभर कोरोना संक्रमितको संख्या ६९ हजारभन्दा बढी, ९ हजार ८ सय २३ जना होम आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, ८ असोज । नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार नाघेको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड-१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ । 

मन्त्रालयका अनुसार नेपालभरका ५० वटा कोरोना परीक्षण प्रयोशालामा ११ हजार ४ सय ४९ पिसिआर परीक्षण गरिएकोमा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

यस्तै हाल नेपालभर १८ हजार ४ सय ३६ सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ९ हजार ८ सय २३ जना होम आइसोलेसनमा छन् भने ८ हजार ६ सय १४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यसैगरी ६ हजार ५ सय ६५ जना नेपालका विभिन्न क्वारेन्टाइनमा रहेको पनि मन्त्रालयले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts