पर्सामा कोरोना संक्रमितको उपचार अब बाबा कोभिड अस्थायी अस्पतालमा मात्रै हुने

नारायणी अस्पतालमा सुरु भयो नियमित सेवा



Download our app to get more features

पर्सा, ९ असोज । पर्साको नारायणी अस्पतालले नियमित सेवा सुचारु गरेको छ ।

कोरोना संक्रमणको हब बनेको पर्साको नारायणी अस्पताललाई सरकारले कोभिड हब अस्पतालको रुपमा तोकेको थियो । केन्द्र मातहत रहेको नारायणी असपतालले शुक्रवारदेखि आफ्ना सबै जनशक्तिसहित नियमित सेवा सुरु गरेको अस्पतालका डा निरज सिंहले हाम्रो डाक्टर न्यूजलाई बताए ।

उनले नारायणी अस्पताल अन्तर्गत गत जेठ ५ गतेदेखि गण्डक कोभिड अस्पतालमा आफ्ना जनशक्ति परिचालन गरेर सेवा प्रदान गर्दै आएकोमा अब अस्पतालमा कोरोना संक्रमित नरहेका कारण अस्पतालले नियमित सेवा दिन थालेको बताए ।

कोभिड अस्थायी अस्पतालको रुपमा सञ्चालित गण्डक अस्पतालमा रहेका ३ जना संक्रमित बिरामीको व्यवस्थापन पछि नारायणीका सबै जनशक्ति नियमित सेवा फर्किएको उनको भनाइ छ ।

उनले भने, ‘वीरगञ्ज माहानगरपालिका र गण्डक अस्पतालबीच भएको सम्झौता सकिए पश्चात शुक्रबार अस्पतालमा रहेका ३ जना कोरोना संक्रमितको व्यवस्थापनपछि नारायणीले नियमित सेवा सुचारु गरेका छ । अब नारायणीमा कोभिडका बिरामी भर्ना नहुने र नियमित सेवा मात्रै दिइनेछ ।’

डा सिंहले पर्सामा अबदेखि कोरोना संक्रमित बिरामी नेशनल मेडिकल कलेज अन्तर्गत सञ्चालित बाबा कोभिड अस्थायी अस्पतालले हेर्ने भन्दै गण्डक अस्पतालमा दिइँदै आएको कोरोना सेवा बन्द भएको बताए ।

अस्पतालका अर्का डा उदय सिंहले कोरोना महामारीको कठिन समयमा साथ दिने नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, महानगरपालिका, गण्डक अस्पतालका सञ्चालक तथा कर्मचारीहरु, जिल्ला प्रहरी कार्यालय पर्साका सहयोगीहरु, सञ्चारकर्मी, नागरिकलाई धन्यवाद दिए ।

उनले कोरोना महामारी अझै रहिरहने भएकाले सबैलाई सतर्क र सावधान रहन आग्रह गरे । 

कोरोना महामारीका कारण पर्सा जिल्ला प्रदेश नम्बर २ को सबैभन्दा बढी प्रभावित जिल्ला हो ।  

Last modified on 2020-09-25 14:35:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts