चितवनमा हेटौँडा र कैलालीका गरी थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु



Download our app to get more features

चितवन, १० असोज । भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका ९ का ७४ वर्षीय वृद्व र कैलाली जिल्लाको गोदावरी नगरपालिका १ का ३० वर्षीय युवकको मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए । 

उनका अनुसार हेटौँडाका पुरूषको शुक्रवार राति मृत्यु भएको हो । मृतक पुरूष असोज ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई अस्पताल भर्ना भएका थिए । उनमा असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरूषलाई सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिएको थियो ।

उता कैलालीका पुरूषको भने मृत्यु भएपछि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । मृतक ती युवक श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रवार अस्पताल भर्ना भएका थिए । उनको सोहीदिन राति मृत्यु भएको थियो । उनमा मृत्यु पश्चात् शनिवार मात्रै संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

ती पुरूषलाई सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार गरिएको थियो । मृतक पुरूष मिर्गाैलाको दीर्घरोगी रहेको अस्पतालले जनाएको छ ।

संक्रमित मध्ये अहिलेसम्म चितवनका १८ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १० जना भरतपुर महानगरपालिका भित्रका छन् । जिल्लाका इच्छाकामना गाउँपालिका र माडी नगरपालिकामा अहिलेसम्म संक्रमितको मृत्यु नभएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts