हाम्रो डाक्टर डटकम र मोबाइल एपको शुभारम्भ

What's This?


Download our app to get more features

काठमाण्डौं, ६ चैत्र । स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच स्थापित गर्न नेपालमै पहिलो पटक अनलाइन, मोबाइल एप्स र यूट्यूव एच.डि. च्यानलमार्फत ‘हाम्रो डाक्टर’को भर्खरै शुभारम्भ भएको छ ।


नेपालमा पहिलो पटक स्वास्थ्य सम्बन्धि सम्पूर्ण सूचना, समाचार तथा उपयोगी जानकारी एउटै अनलाईनमार्फत उपलब्ध गराउने पहिलो अनलाइनको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले काठमाण्डौं कमलादीमा एक समारोहमा उद्घाटन गरेका हुन् ।


अनलाइनमा उपलब्ध सामाग्रीहरु एण्ड्रोइड तथा ओएस एप्लिकेशन र यूट्यूव एच.डि. च्यानलबाट नेपालभर स्थापित स्वास्थ्य संस्था, अस्पताल, चिकित्सक, क्लिनिक, एम्वुलेन्स सेवा, रक्तदाता, रोग तथा उपचारबारे सम्पूर्ण सामाग्री पाइन्छ ।


उद्घाटन समारोह हाम्रो डाक्टर डटकम लगइन गरेर प्रत्यक्ष रुपमा पनि हेर्न सकिन्छ ।

 

Last modified on 2016-03-20 18:05:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts