चितवनमा थप एकजना काेराेना संक्रमित पुरूषकाे मृत्यु, मृतककाे संख्या १९ पुग्याे



Download our app to get more features

चितवन, १२ असाेज । भरतपुर अस्पतालमा उपचाररत थप एक जना काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।

भरतपुर महानगरपालिका ७ का ५५ वर्षीय पुरुषको साेमबार दिउँसो १ः२० बजे मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनका अनुसार मृतक ती पुरूष खाेकी र श्वासप्रश्वासमा समस्या देखिएपछि असाेज ७ गते अस्पताल भर्ना भएका थिए । उनकाे असाेज ४ गते नै काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

मिर्गौलाको रोगी समेत रहेका उनकाे केही समयदेखि डायलाइसिस चलिरहेकाे थियाे । मृतक ती पुरूषकाे काेभिड सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिएकाे थियाे । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

याेसँगै जिल्लाका संक्रमित मध्ये अहिलेसम्म १९ जनाकाे मृत्यु भइसकेकाे छ । मृत्यु हुनेमा ११ जना भरतपुर महानगरपालिका भित्रका छन् । जिल्लाका इच्छाकामना गाउँपालिका र माडी नगरपालिकामा अहिलेसम्म संक्रमितकाे मृत्यु नभएकाे स्वास्थ्य कार्यालय चितवनले जनाएकाे छ ।

Last modified on 2020-09-28 15:56:50

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts