धनगढीमा कोरोना संक्रमित ६३ वर्षीया महिलाको मृत्यु



Download our app to get more features

धनगढी, १२ असोज । धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । 

सेती प्रादेशिक अस्पतालमा उपचाररत वडा नम्वर १ की ६३ वर्षीया संक्रमित महिलाको आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ति महिलालाई असोज १० गते कोरोना पुष्टि भएको थियो भने उनको आईसियूमा उपचार भईरहेको थियो । 

‘स्वासप्रश्वासमा समस्या भएपछि उनी कोरोना पुष्टि हुन अगाडिदेखि नै सेतीमा उपचाररत र्थिइन् । ७ गतेदेखि उपचार भईरहेकोमा आज मृत्यु भएको हो ।’ सूचना अधिकारी श्रेष्ठले भने ।

योसंगै धनगढीमा कोरोना संक्रमित मृतकको संख्या तीन पुगेको छ भने सुदूरपश्चिममा २१ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts