काेराेना परीक्षण नि:शुल्क गराउन सर्वाेच्च अदालतकाे आदेश



Download our app to get more features

काठमाडौं, १५ असोज । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण पुष्टि गर्नका लागि हुने आरटी-पिसिआर परीक्षण निःशुल्क गराउन आदेश जारी गरेको छ ।

आरटी-पिसिआर परीक्षण निःशुल्क हुनुपर्छ भनी अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र ओलीले दायर गरेको रिटमाथि सुनुवाई हुँदै सर्वोच्चले परमादेश जारी गरेको छ । 

नेपालको संविधानमा मौलिक हकको रुपमा ग्यारेन्टी गरिएको सरुवा रोगको निःशुल्क उपचार प्राप्त गर्ने नागरिकको हकलाई सर्वोच्चले सम्बोधन गर्दै पिसिआर परीक्षण निःशुल्क गर्न आदेश जारी गरेको अधिवक्ता ओलीले बताए ।
 
उनका अनुसार न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले बिहीवार अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेश दिने कि नदिने भन्ने बारेकै सुनुवाइमा अङ्ग पुगेकाले अन्तिम आदेश जारी भएको छ । 

वरिष्ठ अधिवक्ताद्वय डाक्टर सुरेन्द्र भण्डारी र चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू पंकज कुमार कर्ण, कीर्तिनाथ शर्मा, पौडेल, डाक्टर शिव यादव, सन्तोष भण्डारी, जनक साउद, निवेदकद्वय लगायतले बहस गरेका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts