गरिब जनतालाई दुःखको खबरः वीर अस्पतालले ह्वात्तै बढायो सेवाशुल्क

यस्तो छ वीर अस्पतालको समायोजन गरिएको नयाँ सेवा शुल्क सूची



Download our app to get more features

काठमाडौं, १५ असोज । गरिब र विपन्न जनताको भरोसाको केन्द्र मानिएको एकमात्र बहुविशेषज्ञ सुविधायुक्त जेठो अस्पताल वीर अस्पतालले ५० प्रतिशतदेखि ९० प्रतिशतसम्म सेवाशुल्क वृद्धि गर्ने विवादास्पद निर्णय गरेको छ ।

कोरोना महामारीका बेला निम्नमध्यम वर्गीय मानिसको क्रयशक्ति घटेका बेला अस्पतालले यस्तो निर्णय गरेको हो ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत रहेको वीर अस्पतालको विभिन्न सेवा शुल्क समायोजन गर्ने निर्णय प्रतिष्ठानको कार्यकारी परिषदले गरेको हो । तर, यस सम्बन्धमा स्वास्थ्य मन्त्रालयबाट स्वीकृत लिनु त परै जाओस् जानकारी समेत नगराएको पाइएको छ ।

प्रतिष्ठानले तोकेको अस्पतालको नयाँ सेवा शुल्क भोलिदेखि लागू हुने गरि ५० देखि ९० प्रतिशतसम्म शुल्क वृद्धि गरिएको हो ।

अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले लामो समयदेखि अस्पतालको शुल्क समायोजन नभएकाले असोज १६ गतेदेखि लागू हुने गरि शुल्क वृद्धि गरिएको हाम्रो डाक्टर न्यूजलाई बताए ।

उनले भने, ‘साउन १ गतेदेखि नै शुल्क बढाउने तयारी थियो तर केही तयारी नपुगेका कारण गरिएन । झन्डै ४/५ वर्ष भइसकेको थियो शुल्क समायोजन नभएको त्यसैले शुल्क समायोजन गरेर वृद्धि गरिएको हो ।’

डा सेञ्चुरीले नेपालका ४/५ वटा अस्पतालको मूल्य सूचीको आधारमा बढी नहुने गरि शुल्क वृद्धि गरिएको दावी गरे ।

उनले थपे, ‘वीर अस्पतालको शुल्क समायोजनको लागि प्रतिष्ठानले आफै निर्णय गर्न सक्छ । यसमा स्वास्थ्य मन्त्रालयलाई सोधिरहनु पर्दैन । यो प्रतिष्ठानको अधिकार क्षेत्रको विषय हो ।'

Last modified on 2020-10-01 21:53:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts