हामी आयौं 

What's This?


Download our app to get more features

काठमाण्डौं, ६ चैत्र । स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच स्थापित गर्न अनलाइन, मोबाइल एप र यूट्यूव एच.डि. च्यानलमार्फत् ‘हाम्रो डाक्टर’ लिएर हामी आम पाठकमाझ आएको कुरा सुनाउन पाउँदा खुशी लागेको छ । 

नेपालमा पहिलो पटक स्वास्थ्य सम्बन्धि सम्पूर्ण सूचना, समाचार तथा सेवासहितको उपयोगी जानकारी एउटै क्लिकबाट उपलब्ध गराउने पहिलो अनलाइनको शुभारम्भ भएको छ । 
पाठकको व्यस्तता र प्रविधिको उच्चतम प्रयोगलाई मध्यनजर गरेर नेपालभर स्थापित स्वास्थ्य संस्था, अस्पताल, चिकित्सक, क्लिनिक, एम्वुलेन्स सेवा, रक्तदाता, नेपालमा उत्पादित औषधिहरुको विवरण, रोग तथा उपचारबारे सम्पूर्ण सामाग्रीलाई एकत्रित गरेर एउटै अनलाईमार्फत उपलब्ध गराउने हाम्रो प्रयास शुरु भएको छ । 

पाठकले मोबाइलको एनरोइड एप तथा युट्युब एच.डि. च्यानलबाट पत्रपत्रिका, रेडियो तथा टेलिभिजनकोसमेत सेवा ‘हाम्रो डाक्टर डटकम’बाट सहजै पाउन सक्नेछन् । 
यसैगरी बिरामीलाई औषधि सेवन समयबारे पर्याप्त जानकारी दिन मेडिसिन ट्रयाकिङको व्यवस्था पनि अनलाइनले गरेको कुरा सुनाउन पाउँदा हामीलाई गर्व लागेको छ । हामीले एच. डि. च्यानलमार्फत स्वास्थ्य सम्बन्धि टिप्स तथा विभिन्न जानकारी तथा सूचनाहरु पनि श्रव्यदृश्यको माध्यमबाटै उपलब्ध गराउने छौं । 

‘हाम्रो डाक्टर डटकम’सँग स्वास्थ्य क्षेत्रका विज्ञको समुह रहेकाले बिरामी तथा अन्य नागरिकले स्वास्थ्य सम्बन्धि सम्पूर्ण जिज्ञासा प्रत्यक्ष मोवाइल एप्लिकेशनको प्रयोगबाट डाक्टरसँग सल्लाह पनि लिन सक्नेछन् । प्रविधिको प्रयोगबाट दुर्गम क्षेत्रमा रहेका बिरामी र नयाँ नयाँ रोगका बारेमा पनि एपबाट विज्ञहरुसँग छलफल गर्न सकिने व्यवस्था गरीएको छ ।

पछिल्लो समय कान्छो पत्रकारिताको रुपमा उदाएको अनलाइन पत्रकारीतालाई जिम्मेवार र मर्यादित बनाउँदै हामी आम पाठकमाझ सत्य र निष्पक्ष भएर समाचार प्रस्तुत गर्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छौं । साथै मर्यादित र व्यवस्थित रुपमा  व्यवसायिक पत्रकारीतालाई पनि सँगसँगै अघि बढाउने हाम्रो प्रतिज्ञा छ । हाम्रो यस प्रयासमा सबै सरोकारवाला निकाय र पाठकको साथ, सहयोग र शुभेच्छा रहन्छ भन्ने हाम्रो विश्वास छ । 
 

Last modified on 2016-03-19 12:34:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts