कोरोना संक्रमित बिरामीको पाँच दिनपछि घाँटीको हड्डी निकालियो

What's This?


Download our app to get more features

काठमाडौं, २० असोज । वीर अस्पतालमा कोरोना संक्रमित बिरामीको घाँटीमा अड्किएको हड्डी निकालिएको छ ।

रामेछापका ४३ बर्षीय रुद्र मगरको पाँचदिन पछि घाँटीमा अड्किएकोे हड्डी निकालिएको हो । वीर अस्पतालका नाक,कान,घाँटी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गौतमका अनुसार, उनको घाँटीमा २.५ सेन्टिमिटरको कुखुराको हड्डी अड्किएको थियो । यो अहिले सम्मकै पहिलो केस भएको डा. गौतमले हाम्रो डक्टर न्यूजलाई जानकारी दिए ।

कोरोना संक्रमित मगर नेपाल कोरीया फ्रेण्डसिप अस्पतालबाट रिफर भएर शुक्रबार वीर अस्पताल आएका हुन् । सोमबार अप्रेसन गरिएका रुद्रको अबस्था सामान्य रहेको डा गौतमले जानकारी दिए । 'यस्तो केस सफल भएको पहिलो पटक हो', उनले भने।

अप्रेसन टोलीमा नाक कान घाँटीका विशेषज्ञ डा. ओम प्रकाश यादव, डा. धिरज विशंखा, डा. सुदिन कायस्थ, तथा एनेस्थेसीयाका डा. कौशल तामाङ, डा. सब्नम संग्रौला, तथा कृती गुराँगाई रहेका थिए । अप्रेसनपश्चात मगरलाई हाल अस्पतालको कोभीड वार्डमा सारिएको छ ।

Hamro Doctor
Last modified on 2020-10-06 14:00:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts