दृष्टि दिवसको अवसरमा तिलगंगाले मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गर्दै



Download our app to get more features

काठमाडौं, २२ असोज । आज विश्व दृष्टि दिवस, ‘दृष्टि प्रतिको आश’ नारा सहित मनाइँदैछ । 

प्रत्येक वर्ष अक्टुबर ८ तारिखका दिन उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानहरुबारे विश्वभर चेतना फैलाउने उदेश्यका साथ विश्व दृष्टि दिवस मनाइने गरिन्छ ।
 
विश्व दृष्टि दिवसको अवसर पारेर तिलगंगा आँखा प्रतिष्ठानले धादिङ्ग, नुवाकोट, रसुवा, ओखलढुंगा, सिन्धुपाल्चोक, रोल्पा, रामेछाप र दोलखा जिल्लामा ३ सय जना मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिरहेको छ ।  

ती जिल्ला बाहेक उपत्यका वा आसपासका क्षेत्रमा बसोबास गर्ने बिरामीले पनि यो सेवा लिन पाउँने तर त्यसका लागि जिल्लामा अवस्थित जिल्ला सामुदायिक आँखा केन्द्रको सिफारिस वा जिल्ला खुल्ने परिचयपत्र र पिसिआर परिक्षणको रिपोर्ट चाहिने अस्पतालले बताएको छ ।

मङ्गसिरसम्म निःशुल्क शल्यक्रिया सेवा जारी रहनेछ ।  निः शुल्क शल्यक्रियाको लागि अन्तर्राष्ट्रिय सहयोगी संस्था द फ्रेड हलोज फाउण्डेसन र हिमालयन क्याटर्याक्ट प्रोजेक्टले सहयोग गरिरहेको अस्पतालले जनाएको छ ।

कोभिड १९ को महामारीको रोकथाम तथा नियन्त्रणका लागि आँखा शिविरहरु भन्दा यसपटक प्रतिष्ठानले आफ्ना शाखाहरु हेटौँडा सामूदायिक आँखा अस्पताल लगायत १७ जिल्लामा रहेका सामुदायिक आँखा केन्दमा,  अस्पताल तथा आँखा केन्द्र केन्द्रित कार्यक्रम मात्र सञ्चालन गर्ने भएको छ ।  

कोभिड १९ र आँखा स्वास्थ्य सम्बन्धी जनचेतनमूलक सुचना सामाग्री निमार्ण गरि रेडियो तथा विद्युतिय सामाजिक संजाल मार्फत प्रसारण गर्ने भएको छ ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts