विश्व दृष्टि दिवस

नेपालका १ लाख ५ हजार मानिस दृष्टिविहीन, यस्तो छ विश्वका केही तथ्यहरु



Download our app to get more features

काठमाडौं, २२ असोज । विश्व स्वास्थ्य संगठनले विश्वमा बढ्दो दृष्टि समस्यालाई ध्यानमा राखी सन् २०२० सम्म अन्धोपनलाई २५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सीले सन् २०१० को अध्ययनलाई आधार मानी सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य राखेको छ । 

डब्लुएचओ र आइएपीबीले संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनिकरण गर्न सन् १९९९ फेब्रुअरीमा भिजन २०२०ः दृष्टिको अधिकार (VISION 2020 : Right to Sight_ कार्यक्रमको घोषणा गरी आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकिकृत स्वास्थ्य सेवा र दिगोपना चार मूल्य र मान्यतालाई जोड दिदै हरेक वर्ष अक्टोबर महिनाको दोस्रो विहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउँदै  आइरहेको  छ ।

नेपालमा अन्धापनको संक्रामक अवस्था २०१२ र भिजन २०२० को मध्यावधि समीक्षाका अनुसार नेपालको आँखा स्वास्थ्य सम्बन्धी केही तथ्यहरुः
♦    अनुमानित  १ लाख ५ हजार मानिस दृष्टिीविहिन छन् । 

♦   १० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम प्रकारको दृष्टिदोषको समस्या रहेको छ । जस मध्ये लगभग ६० % न्यून दृष्टी महिलामा रहेको छ ।

♦    ११ लाख ५० हजार मानिस अन्धोपना वा दृष्टिदोषबाट प्रभावित छन् । 

♦    अन्धोपनाको ६६% अन्धोपन उपचार गर्न सकिने र खालका छन् ।

♦    अन्धोपनाको ६६% अन्धोपन उपचार र १६% अन्धोपन रोकथाम गर्न सकिने खालका छन् ।

♦    पछिल्लो २० वर्षमा संक्रमण जस्तै ट्रकोमाका कारणले हुने न्यूनदृष्टि समस्या नियन्त्रण भएको छ । 

♦    अनुमानित ३० % मानिसलाई आँखाको समस्या देखिने हुँदा नियमित आँखा जाँच गराउनुपर्ने देखिन्छ ।  

♦    सन् २०१४ मा नेपालको केहि भागमा गरिएको सर्भे अनुसार बालबालिकाको आँखाको रोग सम्बन्धि अध्ययन मा ०.०६ % बालबालिकामा बाल अन्धोपन देखिन्छ । त्यसमध्ये ८० %  बालबालिकाहरुको  उपचार गरेर हटाउन सकिने अन्धोपन भेटिएको छ ।

अन्धोपनाका मूख्य कारणहरु :
♦  मोतिविन्दु र यस सम्बन्धित – ६५ %
♦  आँखाको पर्दा जन्य रोगहरु– १३ %
♦  आँखाको नानीमा हुने अन्धोपना– ६ %
♦  जलविन्दु– ५ %
♦  दष्टिदोष– ४ %
♦  अन्य–७ %

यस्तै विश्वमा आँखा स्वास्थ्यको अवस्थालाई हेर्ने हो भने विश्वका झन्डै ३ करोड ६० लाख मानिस दृष्टिीविहिन छन् । त्यसैगरि विश्वका २ अर्ब र ६ करोड मानिसमा मायोपिया अदूरदृष्टिको समस्या छ जसमध्ये १९ वर्षमुनिका ३१ करोड बालबालिका रहेका छन् । अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सीका अनुसारः

♦   हाल २.२ अर्ब मानिस दृष्टि कमजोर भएका छन् जसमध्ये टाढाको दृष्टि अति कमजोर भएका  १ अर्ब मानिसकोे समयमै  रोकथाम गर्न सकिने अवस्थालाई सम्बोधन गरिएको छैन । 

♦ २१ करोड ७० लाख मानिस मध्ये १२ करोड ४० लाख मानिसमा दृष्टिदोष तथा ६ करोड ५० लाखमा मोतिविन्दुको समस्या रहेको छ । जसमध्ये ७५ प्रतिशत समस्याको समाधान गर्न सकिन्छ । 

♦  २५ करोड ३० लाख मानिस अन्धोपना वा न्यूनदृष्टिबाट प्रभावित छन् । 

♦ १ अरव मानिस नजिकको दृष्टि क्षमता कमजोर भएका छन् । 

♦    अनुमानित १ करोड ९० लाख बाल बालिकाहरुमा दृष्टि दोष देखिएको छ । १४ लाख बालबालिका दृष्टिविहिन रहेका छन् । 

♦    कूल दृष्टि दोष मध्ये झण्डै ६५% मानिसहरु ५० वर्ष र माथिका उमेरका छन् । 

♦    अन्धोपना र दृष्टिदोषको भार १९९० को ४.५८ प्रतिशत बाट घटी २०१५ मा ३.३७ प्रतिशतमा झरेको छ । 

 करोडौं मानिस आँखाको ज्योति गुम्ने खतरामा बाँचिरहेका छन :
♦    २० करोड मानिस आयुसँग सम्बन्धीत म्याकुलर डिजेरेसनका साथ बाँचिरहेका छन् । 
♦    १४ करोड ६० लाख मानिस डाइबेटिक रेटिनोपेथीका साथ बाँचिरहेका छन् । 
♦    २७ करोड मानिस उच्च मायोपियाको साथ बाँचिरहेका छन् । 
♦    दृष्टिदोषको वितरणमा धेरै असमानताहरु अवस्थित छन  ः
♦    दृष्टिदोषको समस्या मध्यम आय भएका देशमा उच्च आय भएका देशमा भन्दा ४ गुणा बढी हुने अनुमान गरिएको छ । 
♦    आँखा सेवाको पहुँच ग्रामिण क्षेत्र, पाको उमेरका व्यक्ति, महिला, अशक्त र जातिय अल्पसंख्यकमा कम रहेको छ । 

आँखा स्वास्थ्य सन्देश
♦ कोरोना भाइरसबाट सर्ने कोभिड-१९को यस विषम परिस्थितिमा हात नधोइकन आँखा छुनुहुदैन । आँखा छुनु पर्ने भएमा साबुन पानीले हात धोए पछि मात्र आँखा छुने बानी बसाल्नुपर्दछ । चस्मा वा फेसशिल्डको नियमित प्रयोगले आँखाबाट कोरोना भाईरस सर्ने सम्भावना कम गर्दछ । साबुनपानीले हात धोएर वा सेनिटाइजरको प्रयोग गरी, सामाजिक दुरी कायम गर्दै, मास्क र चश्माको उचित प्रयोग गरेर सुरक्षित मापदण्ड अपनाउदै आँखा केन्द्र तथा अस्पातलले सेवा प्रदान गरिरहेको छ । दृष्टिको सुरक्षा गर्न नियमित आँखा जाँच आत्यन्तै महत्वपूर्ण छ तसर्थ सुरक्षित मापदण्ड अपनाउदै नियमित आँखा जाँचका लागी नजिकैको आँखा केन्द्र वा अस्पताल जाऔं ।

♦  आँखाले टाढा वा नजिकको वस्तु स्पष्ट देख्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा सानो पारेर हेर्नु आदि दृष्टिदोषका लक्षणहरु हुन् । यो समस्या जो कोही र जुनै उमेरमा पनि हुन सक्छ । आँखा धमिलो हुनासाथ सबैले नजिकको आँखा केन्द्रमा गई  जचाँइहाल्नुपर्दछ । 

♦दृष्टिदोष रहेका बालबालिकाको गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आजै आँखा जाँच गरी उनिहरुको भविष्य उज्वल पारौं । विद्यालय भर्ना गर्नुअघि आफ्ना वालवालिकाको आँखा जाँच गराऔं । 

♦   दृष्टिदोष हुनेले चश्मा प्रयोग गरौ । दृष्टि दोष समस्याबाट बचौं र बचाऔं ।

♦  नेपालमा दृष्टि क्षमता कमजोर भएका मानिस मध्ये ६० प्रतिशत महिला छन् । महिलाको आँखा सेवामा एकदमै कम पहुँच हुनको कारण यातायातको असुविधा र उपचार खर्चको अभाव हो । साथै अन्य कारणहरुमा जनचेतनाको अभाव, घरायसी कामकाज तथा पारिवारिक व्यस्तता, निर्णय प्रक्रियामा सहभागिताको कमी,आँखा केन्द्र वा आँखा अस्पताल जान अरुको सहयोग लिनुपर्ने बाध्यता आदि हुन् । तसर्थ महिलामा हुने आँखा समस्याको प्राथमिकताका साथ उपचार गरौं । 

♦   हरेक ५ जना अन्धोपन भएका मानिस मध्ये ४ जनाको उपचार र रोकथाम सम्भव छ । तसर्थ आजै नजिकको आँखा केन्द्र वा आँखा अस्पतालमा गई आँखाको जाँच गरि अन्धोपना हुनवाट बचौं र बचाऔं । 

♦   मधुमेह तथा उच्च रक्तचाप भएका सबैले आँखा जाँच गराऔं ।

♦    बालबच्चा र ४० वर्ष उमेर पुगेका सबैले आफ्नो आँखा नियमित (वर्षको कम्तिमा १ पटक) जाँच गराऔं ।

♦    आँखा स्वास्थ्य सबैको प्राथमिकता स्थानिय श्रोत परिचालन आजको आवश्यकता   ।

♦    आँखा स्वास्थ्य सेवा हरेक तहका स्वास्थ्य प्रणालीमा एकिकृत गरौ ।

♦    अतिविपन्नका लागि आँखा स्वास्थ्य सेवा निशुल्क गरौ । 

♦    विश्वका सवैजसो मुलुकमा पाको उमेरको जनसंख्या वढ्दै गईरहेको पृष्ठभुमिमा ठुलो जनसंख्या उमेरका कारणले निम्त्यउने अन्धोपनाको जोखिममा रहेको छ । 

Last modified on 2020-10-08 10:16:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts