चितवनमा उपचाररत काेराेना संक्रमित एक युवककाे मृत्यु



Download our app to get more features

चितवन, २७ असाेज । भरतपुर १० स्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) उपचाररत थप एकजना काेराेना संक्रमित युवककाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा सर्लाही जिल्लाकाे चक्रघट्टा गाउँपालिका वडा नम्बर १ बस्ने ३१ वर्षीय पुरुष रहेकाे अस्पतालले जनाएकाे छ‌ । अस्पतालका अनुसार उनकाे मंगलबार बिहान ३ः२० बजे मृत्यु भएको हाे ।

उनी यहि असोज २३ गते अस्पतालमा भर्ना भएका थिए । उनमा असाेज २६ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । निमाेनिया देखिएका उनकाे काेभिड आईसियूमा उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

यसअघि चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका १० का ७८ वर्षीय वृद्धको साेमबार बेलुकी ८ बजेतिर मृत्यु भएको थियाे ।

Last modified on 2020-10-13 09:14:38

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts