हाम्रो डाक्टर डटकमलाई व्यवसायीक र मर्यादित बन्न सरोकारवालाको सुझाव

What's This?


Download our app to get more features


काठमाण्डौं, ६ चैत्र । स्वास्थ्य सम्बन्धी सूचना तथा जानकारीलाई सञ्चार क्षेत्रले प्रभावकारी र विस्वसनिय रुपमा प्रदान गर्न नसकेको चिकित्सा क्षेत्रका सरोकारवालाहरुले औंल्याएका छन् । 
शनिबार काठमाण्डौंमा हाम्रो डाक्टर डटकम अनलाइन तथा मोबाइल एपको शुभारम्भ कार्यक्रमका सहभागीहरुले सञ्चारमाध्यमले प्रभावकारी र विश्वसनिय समाचार तथा सूचना प्रवाह नगरे आम नागरीकले उचित स्वास्थ्य सेवा पनि लिन नसक्ने बताए । 


कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीले सरकारले अनलाइन र एपले प्रकोपको बेलामा आपतकालीन स्वास्थ्य सेवाका लागि प्रभावकारी रुपमा सूचना प्रदान गर्नेमा आफू आशावादी रहेको बताए । 
उनले सरकारी संयन्त्र प्रविधिमैत्री नभइसकेको अवस्थामा निजी क्षेत्रबाट भएको प्रयासले स्वास्थ्य क्षेत्रका गतिविधि आम जनतामा पुर्याउन हाम्रो डाक्टर अनलाइन र एपले सहयोग गर्ने बताए । उनले एपमा रहेका सुविधाहरुको प्रयोग गरेर दुर दराजका बिरामीले पनि स्वास्थ्य सेवा लिन सक्ने बताए । सहसचिव लोहनीले सरकारले हाम्रो डाक्टर डटकमलाई आवश्यक पर्ने सहयोग गर्न तयार रहेको पनि बताए । 


नेपाल चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झाले सरकारले हरेक वर्ष स्वास्थ्य क्षेत्रमा बजेट कटौती गरेपनि निजी क्षेत्रबाट भएको प्रयासले आम जनताले पर्याप्त सूचना र जानकारी लिन सक्ने बताए । उनले अनलाइन र एपले सरकारलाई नीति निर्माणमा सहयोग गर्ने बताए । डा. झाले स्वास्थ्यसम्बन्धी आधारभूत अधिकार पूरा गर्न र चिकित्सकको विशेषज्ञताका बारेमा पनि अनलाइले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । 


वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले अनलाइन पत्रकारीता र सामाजिक सञ्जाल विकृतिको रुपमा आइरहेको बेला हाम्रो डाक्टर डटकम र मोवाइल एपले विश्वसनिय सूचना र जानकारी दिने बताए । उनले झुठो विवरण दिएर पाठकमाझ भ्रम पैदा गर्ने अनलाइनलाई चुनौती दिँदै हाम्रो डाक्टर डटकम र एपले सत्य समाचार प्रवाह गर्न भूमिका खेल्नुपर्ने बताए । डा. कोइरालाले हाम्रो डाक्टर अनलाइन र एपले स्वास्थ्य सम्बन्धी सूचना समाचार र जानकारी आधिकारीक र विश्वसनीय बनाउन चुनौतीपूर्ण रहेको पनि औंल्याए । 

वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालले प्रविधिको उच्चतम प्रयोग भइरहेका बेला अनलाइनले प्रभावकारी सूचना दिनुपर्ने बताए । उनले दुर्गम क्षेत्रका बिरामीले पनि विशेषज्ञसँग परामर्स गर्ने माध्यमको रुपमा हाम्रो डाक्टर डटकम र एपले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू आशावादी रहेको बताए । 


औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष उमेशलाल श्रेष्ठले आम मानिसका लागि औषधि र स्वास्थ्सम्बन्धी विभिन्न जानकारी दिनसके स्वास्थ्य सेवा प्रभावकारी हुने बताए । उनले बिरामीलाई स्वास्थ्य सम्बन्धी सम्पूर्ण जानकारी दिन एपले प्रभावकारी भूमिका खेलोस् भन्ने शुभकामना व्यक्त गरे । 


वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा. अशोकरत्न बज्राचार्यले अनलाइले समय र प्रविधिको विकाससँग समन्वय गरेर नयाँ नयाँ सूचना प्रदान गर्नुपर्ने बताए । उनले दुर्गम क्षेत्रका बिरामीले पनि अनलाइन र एपको प्रयोग गरेर आफ्नो समस्याको समाधान गर्न सहयोगी टुलको रुपमा हाम्रो डाक्टर डटकम र एप हुने बताए । 
 

Last modified on 2016-03-23 18:44:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts