नेपालगन्ज र झापामा थप चारजना संक्रमितको मृत्यु



Download our app to get more features

काठमाडौं, १ कात्तिक । नेपालगन्ज र झापामा चारजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा नेपालगन्ज १९ कारकादोकी युवती र भेरी अस्पतालमा नेपालगन्ज १० भृकुटीनगरका पुरुषको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार युवतीको शुक्रबार राती ९ः३० बजे र ने पुरुषको शुक्रबार राती ९ बजे मृत्यु भएको हो।मृतक युवतिको असोज २८ गते स्वाब संकलन गरी परिक्षण गर्न दिएकोमा २९ गते कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएसँगै उनको असोज २९ गते राती १० बजे अस्पतालको कोभिड १९ आइसोलेसन वार्डमा भर्ना गरी उपचार सुरु गरिएको र उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रबाट जारी गरिएको प्रेस नोटमा जनाइएको छ।

६१ वर्षीय पुरुषले कोरोना आशंकामा असोज २४ गते स्वाब दिइएको थियो। २५ गतेको पिसिआर जाँचको रिपोर्टमा आउँदा उनमा संक्रमण पुष्टि भएको थियो।कोरोना पुष्टि भएसँगै उनी असोज २४ गते दिउँसो भेरी अस्पतालको कोभिड १९ आइसोलेसन वार्डमा भर्ना भएका थिए। उनको पनि उपचारकै क्रममा गएराति मृत्यु भएको हो।

यस्तै, कोरोना संक्रमणबाट झापामा पनि गएराति दुईजना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा दमक नगरपालिका ५ का ५८ वर्षीय पुरुष रहेका छन्। उनको घरैमा मृत्यु भएको हो। त्यस्तै शिवसताक्षी नगरपालिका ११ दुधेका ५६ वर्षीय अर्का पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो। बिहीबार स्वाब परीक्षणका लागि दिएकोमा उनको रिपोर्ट शुक्रबार पोजिटिभ आएको थियो। उनी क्यान्सर पीडित थिए। दमकमा मृत्यु हुने पुरुषको पनि शुक्रबार साँझ रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै दमकमा कोरोनाबाट मृत्यु हुनेको सँख्या ५ पुगेको छ।

शुक्रबार झापाकै कनकाई नगरपालिकामा कोरोना संक्रमणबाट ५१ वर्षीय पुरुषको मृत्यु भएको थियो। कनकाई –१का दिवाकर नेपालको विएण्डसी हस्पिटल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। मुटु सम्बन्धी समस्या झेल्दै आएका नेपाल बिहीबार विएण्डसी हस्पिटल भर्ना भएका थिए। कोरोना परीक्षणका लागि बिहीबार नै स्वाव लिए पनि रिपोर्ट मृत्यु पश्चात शुक्रबार आएको थियो।

झापामा कोरोना संक्रमणबाट अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको छ।

Last modified on 2020-10-17 10:41:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts