चितवन मेडिकल कलेजमा उपचाररत काेराेना संक्रमित एक महिलाकाे मृत्यु



Download our app to get more features

चितवन, १ कार्तिक । भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत काेराेना भाइरस (काेभिड-१९) संक्रमित थप एकजना महिलाकाे मृत्यु भएकाे छ ।

पूर्वी चितवनकाे खैरहनी नगरपालिका ६ की ६८ वर्षीया ती महिलाकाे गएराति २ः८ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्रा डा. दयाराम लम्सालले जानकारी दिए । 

उनका अनुसार ज्वरो, खोकी र निमोनियाको समस्या भएपछि ती महिलालाई गत असोज २४ गते अस्पताल भर्ना गरिएको थियो ।

उनमा असोज २७ गते कोरोना संक्रमण पुष्टि भएकाे थियो । ती महिलाको कोभिड आईसीयूमा उपचार भइरहेको थियो । उनको उपचारकाे क्रममा त्यही मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । 

यसअघि भरतपुर अस्पतालमा उपचाररत पूर्वी चितवनकाे खैरहनी नगरपालिका-१२ का काेराेना संक्रमित वडासदस्य बद्रीबहादुर पाण्डेकाे गएराति १ः४५ बजे मृत्यु भएकाे थियाे ।

याेसँगै जिल्लाभर काेराेना संक्रमित मध्ये मृत्यु हुनेकाे संख्या ४१ पुगेकाे छ ।

Last modified on 2020-10-17 11:28:34

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts