सीमा नाका बन्द भएपछि गेटा आँखा अस्पताल सुनसान



Download our app to get more features

धनगढी, १ कात्तिक । भारतीय बिरामीले भीडभाड हुने कैलालीको गेटा आँखा अस्पताल हिजोआज भने सुनसान भएको छ।
कोरोना संक्रमणपछि सरकारले नेपाल–भारत सीमा नाका बन्द गरेपछि भारतीय बिरामी नआउँदा अस्पताल सुनसान भएको हो। अस्पतालले सामान्य समयमा दिने उपचार सेवा नेपाली भन्दा भारतीय नागरिकको चाप बढी हुने गरेकोमा नाका बन्द भएपछि घटेको हो।

सामान्य समयमा एक जना सम्म बिरामीलाई सेवा दिदै आएको अस्पतालमा अहिले आधा भन्दा कम ३ देखि ४ सय जनाले मात्र सेवा लिइरहेको गेटा आँखा अस्पतालका कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले बताए। उनले कोरोना भाईर संक्रमणका कारण भएको लकडाउनपछि ओपिवडी सेवा लिने सबै बिरामी नेपालीहरु मात्रै रहेको बताए।
भारतमा उपचार सेवा महंगो एवंम् विशेषज्ञ सेवा नहुने भन्दै सीमावर्ती क्षेत्रका भारतीय नागरिक आँखाको उपचारका लागि नेपाल आउने गरेका छन्। सीमानाका बन्द भएपछि आउन छोडेको भए पनि फोन मार्फत जानकारी लिने ९अस्पताल खुला छ की, छैन भनेर सोध्ने० गरेको गेटा आँखा अस्पतालका प्रमुख डा. सुरेशराज पन्तले बताए। उनले भने, ‘सरकारले नै सिमानाका बद गरेपछि भारतीय बिरामी आउन छोडेका छन्, आउन नपाए पनि उनीहरुले फोन गरेर अस्पताल खुला छ कि छैन भनेर सोधिरहने गरेका छन्।’

उनका अनुसार गत वर्ष २०७६ को साउन महिनामा झण्डै ७ हजार २१३ नेपाली बिरामी र १ हजार ८ सय ५६ भारतीय नागरिक सहित ९ हजार ६९ जना बिरामीहरुले ओपिडी सेवा लिएका थिए, भने २०७७ साउनमा झण्डै ४ हजार ६८० नेपाली विरामीहरुले ओपिडी सेवा लिएका हुन्।
यस्तै २०७६ भदौमा ५ हजार २७० जना नेपाली विरामी र २ हजार ३९८ जना भारतीय बिरामी गरि ७ हजार ६६८ जना विरामीले सेवा लिएका थिए भने २०७७ भदौमा ३ हजार ८७ जना नेपाली बिरामीले सेवा लीएका छन्।

यस्तै २०७६ असोजमा ३ हजार ८०४ जना नेपाली विरामी र २ हजार ८११ भरतीय नागरिक गरेर जम्मा ६ हजार ६ १५ जनाले सेवा लीएका थिए भने २०७७ असोज २९ गते सम्म ४ हजार ६९ जना नेपाली विरामीले ओपिडी सेवा लिएको डा. पन्तले बताए।
गत वर्षको साउन, भदौ र असोज गरी ३ महिनाको अवधीमा आँखा अस्पतालबाट भारतीय सहित गरेर २३ हजार ३ सय ५२ जनाले उपचार सेवा लिएकोमा चालु वर्षको साउनदेखि अहिलेसम्म १२ हजार एक सय ३६ जनाले मात्र सेवा लिएको उनले बताए।

भारतीय बिरामी नआउँदा चाप घटेपछि नेपालीले छिटोछरितो सेवा पाईरहेका छन् तर अस्पतालको आम्दानीमा भने गिरावट आएको छ। तर डा। पन्तले भने बिरामीको चाप घटेपछि आम्दानी घट्नु पनि स्वभाविकै भएको बताएका छन्।
कोरोना महामारीको संक्रमण रोकथाम तथा जोखिम नियन्त्रणका लागि गरिएको लकडाउनका बेला समेत गेटा आँखा अस्पताले उपचार सेवा दिइरहेको थियो।
कोरोना संक्रमणको त्रासले समेत गम्भीर अवस्थामा नपुग्दा सम्म सेवाग्राही अस्पताल नआउँदा पनि चाप कम भएको हुनसक्ने अस्पतालले जनाएको छ। तर संक्रमणको अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी सेवा दिईरहेको अस्पतालले आँखा सम्बन्धी समस्या भएका कोरोना संक्रमितका लागि समेत छुट्टै उपचार कक्ष स्थापना गरिएको डा. सुरेशराज पन्तले बताए।

Last modified on 2020-10-17 20:07:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts