कोशी अस्पतालमा थप एकजना संक्रमितको मृत्यु
विराटनगर, २ कात्तिक । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमित एक पुरुषको शनिबार राति मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको राति १०:५५ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। पीसीआर परीक्षण गराउँदा असोज १३ गते रिपोर्ट पोजिटिभ आएका पुरुषलाई त्यही दिन उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
उपचारका लागि भर्ना भएको १८ दिनपछि अस्पतालकै आइसोलेसनमा संक्रमितको मृत्यु भएको छ । उनमा मधुमेहको पुरानै समस्या रहेको थियो ।
Last modified on 2020-10-18 10:23:30