नुवाकोटमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

नुवाकोट, २ कात्तिक । नुवाकोट जिल्लामा पहिलो पटक कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शिवपुरी गाउँपालिका–४ सिरेनीकी ६१ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सागरप्रसाद घिमिरेले बताए।

उनी काठमाडौंमा उपचार गरे पछि बिहीबार घर फर्किएर होम आइसोलेसनमा बसेकी थिइन् । शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पाजिटिभ आएको थियो । उनको शनिबार दिउँसो मृत्यु भएको  छ । 

उनको शव शिवपुरीगाउँगालिकाले तोकिएको स्थानमा नेपाली सेना जबरजंग गणले शनिबार राति नै व्यवस्थापन गरेको छ । महिला क्यान्सर र दम रोगी थिइन् । 

Last modified on 2020-10-18 12:24:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts