नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षा केन्द्र काठमाडौंमा मात्रै  



Download our app to get more features

काठमाडौं, २ कात्तिक । नेपाल नर्सिङ काउन्सिलको आगामी मंसिर १३ गते हुने भनिएको दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स) को केन्द्र काठमाडौंमा मात्र हुने भएको छ। सरकारले यातायातका साधन सबै सुचारु गरेपछि काउन्सिलले काठमाडौंमा मात्र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

काउन्सिलले यसअघि प्रदेशगत रुपमा लाइसेन्स परीक्षा केन्द्र तोकी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो।

प्रविणता प्रमाणपत्र तह (पिसिएल), बिएससी नर्सिङ र नेसनल लाइसेनिङ एक्जामिनेसनमा सहभागी हुने विद्यार्थीले व्याचलर इन मिडवाइफरी साइन्स उत्तीर्ण भएको हुनुपर्ने काउन्सिलले जनाएको छ।

काउन्सिलले असोज ४ गतेदेखि कात्तिक ३ गतेसम्म परीक्षामा सहभागी हुन अनलाइन फारम भर्नुपर्ने म्याद तोकेको छ। यो  मितिमा परीक्षा फारम भर्न छुटेका विद्यार्थीले दोब्बर दस्तुर तितेर कात्तिक ४ गतेदेखि १५ गतेसम्म फारम भर्न सक्ने काउन्सिलले जनाएको छ।

कोभिड–१९ का कारण परीक्षा सामेल हुने सबै विद्यार्थीले अनिवार्य मास्क अगाएर आउन पनि काउन्सिलले अनुरोध गरेको छ।  परीक्षामा करिब तीन हजार परीक्षार्थी सहभागी हुने काउन्सिलले अनुमान गरेको छ।

अनलाइन फारम exam.nnc.org.np मा भर्न सकिने छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts