नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ९२ हजार नाघ्यो

१४ हजारभन्दा बढी पिसिआर परीक्षणमा थप २९ सय ४२ मा संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, २ कात्तिक । नेपालमा कोरोना भाइरसका कारण संक्रमण भएर स्वस्थ हुनेको संख्या ९२ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप २ हजार ३ सय २६ जना कोरोना संक्रमणपछि स्वस्थ भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले योसँगै नेपालमा कोरोना संक्रमणपछि स्वस्थ हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको बताए ।

यस्तै गत २४ घन्टामा १४ हजार ८ सय ७५ पिसिआर परीक्षण गरिएकोमा थप २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पनि डा गौतमले बताए । नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।

नेपालमा हाल ३९ हजार ३ सय ४१ सक्रिय संक्रमित संख्या रहेको छ ।
 

Last modified on 2020-10-18 16:36:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts