कोरोना सङ्क्रमितको उपचारका लागि ५० प्रतिशत बेड छुट्याउन सबै अस्पताललाई निर्देशन



Download our app to get more features

काठमाडौं, २ कात्तिक । सरकारले सबै अस्पताललाई कोरोना सङ्क्रमितको उपचारका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमणको रोकथाम तथा उपचार सम्बन्धी असोज २९ गतेको मन्त्रीस्तरीय निर्णया अनुसार निजी, सामुदायिक, मेडिकल कलेज, सरकारी तथा प्रतिष्ठानहरुलाई कोरोना सङ्क्रमितको उपचारका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यसअघि निजी तथा सामुदायिक अस्पताललाई कोरोना सङ्क्रमितको उपचारका लागि २० प्रतिशत तथा मेडिकल कलेज र प्रतिष्ठानलाई ३३ प्रतिशत बेड छुट्याउन निर्देशन दिएकोमा त्यसलाई परिवर्तन गरेर ५० प्रतिशत पुर्याइएको बताए ।

उनले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सबै अस्पतालले आईसीयू, भेन्टिलटेर सहितका बेड सुविधा ५० प्रतिशतमा राख्नुपर्ने बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts