तीन हप्तादेखि अवरुद्ध रहेको दार्चुला अस्पतालको एक्स–रे सेवा सञ्चालनमा



Download our app to get more features

दार्चुला, ३ कात्तिक । जिल्ला अस्पताल दार्चुलामा अवरुद्ध रहेको एक्स–रे सेवा सञ्चालनमा आएको छ । दार्चुला अस्पतालमा दुईवटा एक्स–रे मेसिनहरु भएपनि दुवै मेसिनहरु बिग्रिएपछि एक्स–रे सेवा नै अवरुद्ध भएको थियो ।

बिग्रिएको एउटा एक्स–रे मेसिनको पाटपुर्जा काठमाडौंबाट ल्याइएको तथा जडान गर्न धनगढीबाट प्राविधिकहरुले मेसिन जडान गरी आइतबारबाट सञ्चालनमा आएको जिल्ला अस्पताल दार्चुलाका व्यवस्थापन समितिका अध्यक्ष दलजित सिह धामीले जानकारी दिए ।
 
जिल्ला अस्पताल दार्चुलासँग रहेका साधारण र डिजीटल एक्स–रे दुवै बिग्रिएकाले तत्कालका लागि साधारण एक्सरेको सामग्री आइपुगेको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिए ।

विगत तिन हप्तादेखि उक्त एक्स–रे मेसिन बिग्रीदा सेवा प्रभावहमा समस्या भइरहेको थियो । अब सेवाग्राहीहरुले बाहिर गएर एक्स–रे गर्ने समस्याको अन्त्य भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts