धनगढीमा होम आइसोलेसनमा मृत्यु भएका संक्रमितकोे शव व्यवस्थापन गरियो



Download our app to get more features

धनगढी, ३ कात्तिक । धनगढीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ । उनको शव गोदावरी नगरपालिका–२ स्थित तेघरी सामुदायिक वनमा व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ ।

कैलालीको तेघरीस्थित भवानी दल गणबाट सह–सेनानी नबलसिंह रोकायाको कमान्डमा खटिएको तालिम प्राप्त सैनिक टोलीले शव व्यवस्थापन गरेको हो । गणबाट मुलपण्डित समेत गई धार्मिक परम्परा बमोजिम अन्त्यष्टि गरिएको बताइएको छ ।  

धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४२ वर्षीय संक्रमित पुरुषको आइतबार बिहान होम आइसोलेसनमा मृत्यु भएको थियो । क्यान्सर पीडित ती पुरुषलाई असोज १७ गते कोरोना पुष्टि भएको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts