चितवनमा थप १ सय १६ जनामा कोरोना पुष्टि, संक्रमित हुनेमा आधाजसो हेटौंडाका



Download our app to get more features

चितवन, ३ कात्तिक । चितवनमा थप १ सय १६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । 

भरतपुर १० स्थित चितवन मेडिकल कलेज (सीएमसी) को कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

संक्रमण पुष्टि भएकामध्ये ३८ जना चितवनका छन् भने ७८ जना बाहिरी जिल्लाका छन् । यसरी संक्रमित हुने मध्ये ६७ प्रतिशत बाहिरी जिल्लाका रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा मकवानपुर जिल्लाका सबै भन्दाबढी छन् । त्यहाँ ५५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये पनि ५४ जना हेटौंडाका मात्रै छन् । जुन संक्रमण पुष्टि भएका मध्ये ४७ प्रतिशत हो । त्यस्तै नवलपुरका १७ जना रहेका छन् ।

चितवनका संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका २६ जना, रलनगर नगरपालिकाका ८ जना, खैरहनी नगरपालिकाका २ जना, कालिका र माडी नगरपालिकाका समान १÷१ जना रहेका छन् । त्यसैगरी अन्य दश जिल्लाका १÷१ जना गरी १० जना छन् ।

चितवन मेडिकल कलेज (सीएमसी) ले शनिवारको नतिजा सोमबार बिहान बल्ल सार्वजनिक गरेको हो । यस  प्रयोगशालामा ३ सय ६७ वटा नमुना परीक्षण गरिएको मध्ये ती १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकीको भने रिपोर्ट नेगेटिभ आएको छ ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts