भरतपुरका काेराेना संक्रमित पुरूषकाे चितवन मेडिकल कलेजमा मृत्यु



Download our app to get more features

चितवन, ३ कार्तिक । भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत काेराेना भाइरस (काेभिड-१९) संक्रमित थप एकजना पुरूषकाे मृत्यु भएकाे छ ।

भरतपुर महानगरपालिका–१० का ७६ वर्षिय पुरुषको साेमबार बिहान ०४ः०१ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्रा डा. दयाराम लम्सालले जानकारी दिए । 

ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएपछि उनलाई गत असोज २० गते अस्पताल भर्ना गरिएको थियो । उनमा असोज २० गते नै कोरोना संक्रमण पुष्टि भएकाे थियो ।

ती पुरूषको कोभिड आईसीयूमा उपचार भइरहेको थियो । उनको उपचारकाे क्रममा त्यही मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । उनी उच्च रक्तचाप, प्रोस्टेट र थाइराइड राेगबाट समेत पीडित थिए ।

याेसँगै जिल्लाभर काेराेना संक्रमित मध्ये मृत्यु हुनेकाे संख्या ४२ पुगेकाे छ ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts