२४ घन्टामा १५ हजार ७ सय १४ पिसिआर परीक्षण गर्दा ३७ सयभन्दा बढीमा संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, ३ कात्तिक । नेपालमा थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा १५ हजार ७ सय १४ पिसिआर परीक्षण गरिएकोमा थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक लाख ३६ हजार २ सय १६ पुगेको बताए ।

यस्तै पछिल्लो २४ घन्टामा थप २ हजार ३ सय ३५ जना कोरोना संक्रमणपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या ९४ हजार ५ सय १ पुगेको छ । यो दर कुल संक्रमितको ६९ दशमलव ५ प्रतिशत हो ।

हाल नेपालभर ४० हजार ७ सय ७८ सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये १३ हजार ८ सय ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २६ हजार ९ सय २७ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै २४ घन्टामा थपिएका संक्रमितमध्ये २ हजार ८ जना काठमाडौं, ९९ जना भक्तपुर र २ सय ८१ जना ललितपुरका रहेका छन् । 

Last modified on 2020-10-19 16:33:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts