चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो, १९ सय भन्दाबढी स्वस्थ



Download our app to get more features

चितवन, ३ कात्तिक । चितवनमा कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमित भएकामध्ये ४२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सोमबार दिउँसोसम्म जिल्लाभर ४२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

मृत्यु हुनेमा २६ जना भरतपुर महानगरपालिका भित्रका छन् भने बाँकी १६ जना जिल्लाका अन्य पालिकाका छन् । जिल्लाका इच्छाकामना गाउँपालिका र माडी नगरपालिकामा भने अहिलेसम्म कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।

जिल्लामा सोमबार दिउँसोसम्म सक्रिय संक्रमितको संख्या एक हजार ३ सय ७१ छ । त्यसमध्ये ९ सय २६ जना होम आइसोलेसन र ४ सय ४५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यसैगरी जिल्लामा संक्रमितको संख्या तीन हजार तीन सय २० जना पुगेको छ । जसमध्ये जिल्लाभर हालसम्म एक हजार ९ सय ७ जना कोरोना भाइरसको संक्रमणपछि स्वस्थ भएका छन् ।

भरतपुर महानगरपालिकामा सबैभन्दा बढी संक्रमित छन् भने इच्छाकामना गाउँपालिकामा सबैभन्दा कम छन् । भरतपुर महानगरपालिकामा दुई हजार २ सय २२ जना संक्रमित मध्ये एक हजार एकसय ८९ जना निको भएका छन् ।

त्यसैगरि रत्ननगर नगरपालिकामा ४ सय ३० संक्रमित मध्ये तीन सयजना निको भएका छन् । राप्ती नगरपालिकामा दुई सय २० संक्रमित मध्ये एक सय ३८ जना निको भएका छन् । 

यस्तै खैरहनी नगरपालिकामा दुई सय ४७ संक्रमित मध्ये एकसय ४४ जना निको भएका छन् । कालिका नगरपालिकामा एकसय २ संक्रमित मध्ये ६२ जना निको भएका छन् । माडी नगरपालिकामा ७५ संक्रमित मध्ये ५९ जना निको भएका छन् ।

त्यस्तै इच्छाकामना गाउँपालिकामा २४ संक्रमित मध्ये १५ जना निको भएका छन् । 

चितवनमा संक्रमित हुनेमा महिलाभन्दा पुरूष बढी छन् । अहिलेसम्म एक हजार ९ सय ९९ जना पुरूष र एक हजार ३ सय २१ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

Last modified on 2020-10-19 18:15:29

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts