कैलालीका ७३ सहित सुदूरपश्चिममा थप एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

कैलाली, ३ कात्तिक । सुदूरपश्चिम प्रदेशमा सोमबार थप एक सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा प्रदेशका पाँचवटा प्रयोगशाला मार्फत एक हजार २ सय ६१ जनाको परीक्षण गरिएकोमा थप एक सय २७ जनामा संक्रमण पुष्टि भएको सामाजिका विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए । कार्की अनुसार सेती प्रादेशिक अस्पतालमा ७ सय ६१ जनाको परीक्षण गरिएकोमा ८८ जनामा संक्रमण पुष्टि भएको छ । 

सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।  उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १३ जना, वडा नम्बर ३ का ७ जना, वडा नम्बर ४ का ५ जना, वडा नम्बर ७ का ४ जना, वडा नम्बर ५ का ३ जना र वडा नम्बर ६ का २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै वडा नम्बर २ र १३ का एकएक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए ।
 
यस्तै कैलालीकै टीकापुर नगरपालिकाका २५ जना, गोदावरी नगरपालिका–५ का ५ जना, मोहन्याल गाउँपालिकाका २ जना, गौरीगंगा नगरपालिका–३ का १ जना र ठेगाना नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, कृष्णपुर नगरपालिका–३ का २ जना, शुक्लाफाटा नगरपालिका–१ र ठेगाना नखुलेका एक÷एक जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
 
त्यस्तै डोटीको बडीकेदार गाउँपालिकाका ३ जना र बैतडीको दशरथचन्द नगरपालिका–४ का एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
 
उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३१ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ९४ जनाको कोरोना परीक्षण भएकोमा ३१ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका २० जना, बोगटान फुडशिल गाउँपालिकाका ६ जना, शिखर नगरपालिकाका ३ जना, त्यसैगरी आदर्श गाउँपालिका र केआई सिह गाउँपालिकाका एकरएक जनामा कोरोना संक्रमण भेटिएको बताए । 

यस्तै बझाङको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ जना, अछामको कमलबजारस्थित प्रयोगशालामा भएको परीक्षणमा ३ जना र डडेल्धुरा अस्पताल गरिएको परीक्षणमा थप एक जनामा संक्रमण पुष्टि भएको सामाजिका विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार ३७ पुगेको छ ।  संक्रमित मध्ये ७ हजार ३ सय ७९ जनाले कोरोना जितेका छन् भने २५ जनाको मृत्यु भएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts