बुटवलको कोरोना बिशेष अस्पतालमा थप एकजना महिलाको मृत्यु 



Download our app to get more features

बुटवल, ४ कात्तिक । बुटवलस्थित बुटवल कोरोना बिशेष (अस्थायी) अस्पतालमा उपचाररत थप एकजना महिलाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका ११ की ४१ वर्षीया महिलाको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
हिजो कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी उनलाइ हिजो नै आईसीयू राखेर उपचार गरीएको थियो ।

डाइबिटिज रोगबाट पिडित रहेकी ती महिलाको उपचारका क्रममा आज बिहान ५स्१० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts