लुम्विनी प्रदेशका ४ कोरोना अस्पतालमा बिरामीको निशुल्क उपचार



Download our app to get more features

रुपन्देही, ४ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री संकर पोखरेलले लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको वताएका छन। 

संघिय सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना परिक्षण संक्रमण उपचार खर्च आफै बेहोर्ने भनेपछि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री पोखरेलले यस्तो उल्लेख गरेका छन।उनको यस्तो प्रतिकृयापछि स्थानियले संघले यो सुझाब गहण गर्नुपर्ने बताएका छन । 

प्रदेश सरकारको यो निणर्य स्वागत योग्ग रहेको  हरि ज्ञाबलीले बताए । लुम्बिनी प्रदेशमा अहिले कोरोना अस्पताल चारबटा रहेका छन भने बिरामीको चापको कारण आईसियु र भेन्टीलेटर नपाएर ३ जनाले ज्यान गुमाईसकेका छन। लुम्बिनी प्रादेशीक अस्पतालका सुचना अधिकारी डा. बिष्णुगौतमले बुटबलको धागोकारखानामा संञ्चालित कोरोना अस्पतालमा बेड खाली नभएको बिरामीको चाप बढी रहेको बताएका छन। 

अहिले लुम्बिनी प्रदेशका १२ जिल्ला  १५७९५ जना कोरोना संक्रमितिमध्ये ११६३० पुरुष र ४१६५ महिला रहेका छन। १ सय २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजीक बिकास मन्त्रालय का प्रबक्ता डा. पुष्पराज पौडेलले बताए ।अहिले प्रदेशमा संक्रमित ११ प्रतिशत निको ७१ प्रतिशत र मृत्यु ०.०८ रहेको डा. पौडेलले बताए ।

Last modified on 2020-10-20 12:58:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts