सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने



Download our app to get more features

धनगढी, ४ कात्तिक । सेती प्रादेशिक अस्पतालले कोरोना भाइरसका संक्रमितको उपचार निःशुल्क गर्ने जनाएको छ।

नेपाल सरकारको मन्त्रिस्तरीय बैठकले अब कोरोना संक्रमितले आफ्नो उपचार खर्च आफै व्यहोर्नुपर्ने निर्णय गरेको भएतापनि सेती अस्पतालले भने संक्रमितको उपचार निःशुल्क गर्ने जनाएको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीले संक्रमितको उपचार गर्दा शुल्क नलिने बताएका छन्। यस्तै हालसम्म संक्रमितहरुको उपचार निःशुल्क रुपमै गरिरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts