सुदूरपश्चिममा कोरोनाबाट थप एक जनाको मृत्यु



Download our app to get more features

धनगढी, ४ कात्तिक । सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचाररत दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर २ का अन्जाजी ५२ वर्षीय पुरुष मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति बिरेन्द्रप्रसाद भट्टले १४ दिन अघि संक्रमण पुष्टि भएका पुरुष माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे।

उनका अनुसार स्वास्थ्य अवस्था जटिल भएपछि मात्र ती संक्रमित पुरुष उपचारका लागि धनगढी आएका थिए । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts