कोरोना संक्रमणका कारण धनगढीमा मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरियो



Download our app to get more features

धनगढी, ४ कात्तिक । धनगढीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ । 

उनको शव गोदावरी नगरपालिका–४ स्थित तेघरी सामुदायिक वनमा व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ ।

कैलालीको तेघरीस्थित भवानी दल गणबाट सह–सेनानी नबलसिंह रोकायाको कमान्डमा खटिएको तालिम प्राप्त सैनिक टोलीले शव व्यवस्थापन गरेको हो । गणबाट मुलपण्डित समेत गई धार्मिक परम्परा बमोजिम अन्त्येष्ठि गरिएको बताइएको छ ।
  
दार्चुलाको दुहु गाउँपालिका–२ का अन्दाजी ५२ वर्षीय पुरुषको धनगढीमा मृत्यु भएको थियो । १४ दिनअघि संक्रमण पुष्टि भएका पुरुषको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति बिरेन्द्रप्रसाद भट्टले बताए । 

उनका अनुसार स्वास्थ्य अवस्था जटिल भएपछि मात्र ती संक्रमित पुरुष उपचारका लागि धनगढी आएका थिए ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts