नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या एक लाख ३९ हजार नाघ्यो

निको हुनेको संख्या ९६ हजार ६ सय ९ पुग्यो



Download our app to get more features

काठमाडौं, ४ कात्तिक । नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमितको हुनेको संख्या एक लाख ३९ हजार नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घन्टामा १३ हजार ८ सय ६१ पिसिआर परीक्षण गर्दा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको बताए । उनले नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको बताए ।

मंगलवार देशभर ४१ हजार ७ सय ७५ सक्रिय सङ्क्रमित संख्या रहेका छन् । सङ्क्रमित मध्ये १३ हजार ५ सय ५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २८ हजार १ सय ९६ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै गत २४ घन्टामा थप २ हजार १ सय ८ जना कोरोना सङ्क्रमणपछि स्वस्थ भएको र नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ९६ हजार ६ सय ९ पुगेको छ । यो दर कुल सङ्क्रमितको ६९ दशमलव ४ प्रतिशत हो ।

Last modified on 2020-10-20 16:41:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts