नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १ लाख नाघ्यो



Download our app to get more features

नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १ लाख नाघ्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३ हजार २ सय १५ जना कोरोना संक्रमणपछि निको भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा ३ हजार २ सय १५ जना स्वस्थ भएसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको बताए ।

यो दर कुल संक्रमितको ६९ दशमलव २ प्रतिशत रहेको छ ।

सबैभन्दा धेरै बागमित प्रदेशमा ४७ हजार ५ सय ७७ जना कोरोना संक्रमणपछि निको भएका छन्  भने क्रमशः प्रदेश १ मा ९ हजार १ सय ४३, प्रदेश २ मा १५ हजार ९ सय ३०, गण्डकी प्रदेशमा ५ हजार ६८, लुम्बिनी प्रदेशमा १२ हजार ८ सय ५३, कर्णाली प्रदेशमा ४ हजार १ सय २५ र सुदूरपश्चिम प्रदेशमा ८ हजार १ सय २४ जना स्वस्थ भएका छन् ।
 

Last modified on 2020-10-22 16:30:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts