स्वास्थ्य मन्त्रालयको कोभिड–१९ सम्बन्धी राष्ट्रिय अपडेट पाँच दिनका लागि बन्द



Download our app to get more features

काठमाडौं, ६ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी राष्ट्रिय अपडेट पाँच दिनका लागि बन्द गरेको छ ।

बिहीवारको नियमित कोभिड–१९ सम्बन्धी राष्ट्रिय अपडेटको क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भोलिदेखि ५ दिनका लागि अपडेट बन्द रहने बताए ।

उनले भोलिदेखि दशैंको फुलपाति सुरु हुने भएकाले आउने मंगलवारसम्म अपडेट बन्द रहने र बुधवारबाट पुनः सुरु हुने जानकारी गराए ।

प्रवक्ता डा गौतमले भोलिदेखि कोभिड–१९ सम्बन्धी राष्ट्रिय अपडेट बन्द हुँदा विभिन्न सामाजीक सञ्जालमा नियमित समयमै तथ्यांकहरु अपडेट गरिने पनि बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts