थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु, संख्या ८ सय १२ पुग्यो



Download our app to get more features

काठमाडौं, ६ कात्तिक । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल नेपालभर ७७ जना कोरोना संक्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ भने २ सय ९० जना आईसीयूमा उपचाररत छन् ।

प्रदेशगत तथ्यांक हेर्दा बागमती प्रदेशमा १ सय ७४ जना आईसीयूमा र ५८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५० जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ३२ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा र  प्रदेश २ मा १० आईसीयूमा रहेका छन् भने भेन्टिलेटरमा उपचाररतको संख्या शून्य रहेको छ ।

यस्तै सुदुरपश्चिममा ३ आईसीयूमा र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ आईसीयूमा र १ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आईसीयूमा उपचाररत रहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts