बागमती प्रदेशका मुख्यमन्त्री पौडेलमा कोरोना सङ्क्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, ६ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा मुख्यमन्त्रीमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । 

मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालका अनुसार काठमाडौंबाट हेटौंडा फर्किएपछि पौडेलमा सामान्य रुघाखोकी देखिएको थियो । त्यपछि बुधवार पिसिआर जाँचका लागि स्वाब दिएका उनमा बिहीवार कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएपनि मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । हाल उनी हेटौंडा–२ स्थित मुख्यमन्त्री निवासमै आइसोलेसनमा रहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts