भरतपुर अस्पतालका अध्यक्ष डा. भाेजराज अधिकारीलाई काेराेना संक्रमण



Download our app to get more features

चितवन, ६ कात्तिक । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

आफुलाई बिहीवार काेराेना संक्रमण पुष्टि भएको अध्यक्ष डा. अधिकारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । दाइ र दिदीलाई काेराेना संक्रमण देखिएपछि उनले पनि परीक्षण गराएका थिए ।

उनी भरतपुरस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् । उनलाई काेराेना संक्रमणकाे केही लक्षण देखिएको भएपनि स्वास्थ्य अवस्था सामान्य छ ।

उनी कोभिड संक्रमणको सुरुवातदेखि नै अग्रपंतीमा रहेर काेराेना संक्रमितकाे उपचार, राेकथाम तथा समग्र व्यवस्थापनमा रातदिन खटिदै आएका थिए ।

Last modified on 2020-10-22 20:30:16

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts