मोरङ र सुनसरीमा गरि थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु



Download our app to get more features

काठमाडौं, ७ कात्तिक । मोरङ र सुनसरीमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत सुनसरीको धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

आज बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ती पुरुषमा फोक्सो र मिर्गौला सम्बन्धी समस्या थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी ५ कात्तिक बिहान अस्पताल भर्ना भएका थिए । सोही दिन बेलुका उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै आज बिहान ४ बजेतिर धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया महिलाको पनि उपचारको क्रममा मृत्यु भएको छ । 

२९ असोजमा नोबेल मेडिकल कलेजमा भर्ना भएकी ती महिलामा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकमा श्वासप्रश्वास र मधुमेह सम्बन्धी रोग थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts