चितवनमा उपचाररत थप ३ जना काेराेना संक्रमितकाे मृत्यु



Download our app to get more features

चितवन, ७ कात्तिक । चितवनमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा दुई र भरतपुर अस्पतालमा एक जना गरी थप तीन जना संक्रमितको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत चितवन जिल्लाकाे राप्ती नगरपालिका ५ की ८४ वर्षीया वृद्धाको शुक्रवार बिहान ४ः१९ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्रा डा. दयाराम लम्सालले जानकारी दिए । उनका अनुसार ती वृद्धा महिलालाई कार्तिक ५ गते उच्च ज्वरोको साथै स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकाे थियाे ।

उनमा कार्तिक ६ गते कोरोना पुष्टि भएको थियो । उनकाे सघन उपचार कक्षमा उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । उच्च रक्तचाप र बाथ रोग बिरामी उनलाई निमोनिया समेत भएकाे थियाे ।

यस्तै साेहि अस्पतालमा उपचाररत चितवन जिल्लाकाे भरतपुर महानगरपालिका ७ का ७० वर्षीय पुरुषको शुक्रवार बिहान ८ः४४ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्रा डा. लम्सालले जानकारी दिए । उनका अनुसार ती मृतक पुरूषलाई कार्तिक २ गते स्वासप्रश्वास र मिर्गाैलामा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएकाे थियाे । उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनकाे आईसियूमा उपचारकाे क्रममा मृत्यु भएको हो । उनी मिर्गाैला र उच्च रक्तचापको बिरामी समेत थिए ।

यसैगरी भरतपुर अस्पतालमा उपचाररत चितवन जिल्लाकाे भरतपुर महानगरपालिका ७ का ५७ वर्षीय पुरुषको बिहीवार राती १०:१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनीलाई संक्रमण सहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई साेहि दिन राति १० बजे अस्पतालकाे काेभिड आईसियूमा भर्ना गरिएकाे थियाे । उनकाे भर्ना भएकाे केही बेरमै उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । उनी गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशनमा बस्दै आएका थिए ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts