नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या साढे एक लाख नाघ्यो



Download our app to get more features

काठमाडौं, ७ कात्तिक । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या साढे एक लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ८ सय ६३ पिसिआर परीक्षण गरिएकोमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत २४ घन्टामा १ हजार ९२ महिला र १६ सय २८ जना पुरुष गरि थप ४ हजार ४ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा २६ सय ६८ जना कोरोना संक्रमण पछि निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ पुगेको छ । यो दर कुल संक्रमितको ६८ दशमलव ९ प्रतिशत हो ।

हाल नेपालभर ४६ हजार ६ सय ९१ सक्रिय संक्रमित रहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts